arrow

नागपञ्चमीका अवसरमा हिन्दू धर्मावलम्बीले नागको पूजा गर्दै

logo
प्रकाशित २०७३ साउन २३ आइतबार
naga-puja.jpg.jpeg
काठमाडौं । श्रावण शुक्ल पञ्चमीका अवसरमा मनाइने नागपञ्चमी पर्व हिन्दू धर्मावलम्बीले विभिन्न कार्यक्रम गरी मनाइँदै छन् ।  प्रत्येक वर्ष आउने श्रावण शुक्लपञ्चमी तिथिलाई नागपञ्चमी पर्वका रुपमा लिँदै नागलाई देवताको रुपमा पूजा गर्ने प्रचलन छ । 
 
विभिन्न धर्मग्रन्थमा नाग देवताको विशेष महत्व उल्लेख गरिएको जानकारी गराउँदै पञ्चाङ्ग निर्णायक समितिले नागपञ्चमीका दिन गरिने पूजाले सर्पादि भयबाट मुक्त भई र मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको बताएको छ । नागपञ्चमी पर्व कसरी सुरु भयो भन्ने सम्बन्धमा पनि विभिन्न किंवदन्ती पाइन्छन् । 
 
एक किंवदन्तीअनुसार कुनै समयमा एक किसानका दुई छोरा र एउटी छोरीसहितको परिवार थियो । उसले एक दिन खेतमा खनजोत गर्दा नागका तीनवटा बच्चा मरेछन् । आफ्ना बच्चा मरेका कारण नाग रिसाई सम्पूर्ण परिवारलाई डस्दा सबैको मृत्यु भएछ । त्यस क्रममा किसानको छोरी छिमेकीको घरमा भएकाले बाँचिछन् । भोलिपल्ट किसानको छोरीलाई डस्न जाँदा उनले नागको पूजा गरी दूध चढाइछन् । पूजाबाट नाग प्रसन्न भएर किसानका सबै परिवारलाई बचाइदिएछन् । त्यसै दिनदेखि नाग पञ्चमी पर्व मनाउन थालिएको हो । 
 
 नागपञ्चमीका दिन बिहानै स्नान गरी नागको चित्र वा मूर्तिमा पूजा गर्नाले नागको भय हुँदैन । नागका अनन्त, वासुकी, पद्य, महापद्य, शङ्ख, तक्षक, कुलिर, कर्कोटक आठ प्रकार रहेका छन् । 
 
गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दूध, दही, घ्यु, दुबो, कुश, फूल, सिन्दुर, चन्दन आदिले पूजा गरी, धूप, दीप, नैवैद्यसहित प्रार्थना गरी घरको ढोकामा टाँस्नाले आगलागी, चट्याङ आदिको भय नहुने जनविश्वास छ । 
 
नागको पूजाले धनधान्य र सुख सम्मृद्धि प्राप्त हुने, दैविक, भौतिक र प्राकृतिक आपत्विपत र अनिष्ट नाश हुने र कालसर्पजस्ता योग पनि नष्ट हुने विश्वास गरिन्छ । 
 
नागपञ्चमीका अवसरमा काठमाडौँका टौदह, नक्सालस्थित नागदह, धापाखेलस्थित नागदहलगायत स्थानमा विशेष मेलासमेत लाग्ने गरेको छ । 
नागलाई शिव भगवानले माला नै लगाउने भएकाले पनि साउन महिनामा विशेष महत्व छ । ओम ः अनन्तो वासुकी पद्म महापद्म तक्षक कलिर कर्कट शंखा चान्डौ नागा प्रकृतिता ः 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ