arrow

नवलपरासीमा जिल्ला सेक्रेटरीसहित ४ जना बन्दकर्ता प्रहरीको नियन्त्रणमा

logo
रवीन्द्र यादव,
प्रकाशित २०७८ फागुन ४ बुधबार
janakpur-banda.jpg

नवलपरासी । नेपाल प्रहरीले सडकमा टायर बालेर विरोध गरिरहेका ४ जना बन्दकर्तालाई बर्दघाटबाट नियन्त्रणमा लिएको छ । 

पक्राउ पर्नेमा नेकपा क्रान्तिकारी माओवादी जिल्ला सेक्रेटरी छविलाल खरेल, प्रदेश सदस्य क्षेत्र बहादुर थापा क्षेत्री,बर्दघाट नगर सेक्रेटरी रामचन्द्र पोखरेल र विप्लव नेकपाका विशेष जिल्ला समिति सदस्य सुमन ज्ञवाली रहेका छन् । 

उनीहरू लाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बर्दघाटमा राखिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी प्रेम बहादुर शाहीले  जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ