arrow

शरीरमा रगत उत्पादन नहुने रोगबाट पीडित युनिकको जीवन रक्षाको अपिल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
unik.jpg

काठमाडौं । शरीरमा रगत उत्पादन नहुने रोग (बोनम्यारो एनिमिया) बाट पीडित युनिक थापाको जीवन बचाउन परिवारले सहयोगको अपिल गरेका छन् । 

झापाको कमल गाउँपालिका वडा नं. ६ का  १२ वर्षीय युनिक थापाको लामो समयदेखि रगत सम्बन्धी समस्याबाट पीडित छन् । जन्मेको ११ महिनाबाट शरीरमा उनको रक्त उत्पादन कम हुँदै हाल दिनकै एक पाउन्ड सम्म रगत चढाउनुपर्ने आस्था आएपछि परिवारले सहयोगको याचना गरेका हुन् ।    

युनिकलाई उनकी ५ वर्षकी बहिनी युनिसाको बोनम्यारो ट्रान्सप्लान्ट गर्ने पर्ने भएकाले उक्त उपचारका लागि ३० देखि ३५ लाख सम्म लाग्न सक्ने सिभिल अस्पतालले जनाएको छ । 

 बिरामीकी आमा सुभद्रा थापाका अनुसार बालक ६ महिनाको हुँदा देखिनै स्वास्थ्य समस्या देखिन थालेको थियो । त्यस लगत्तै उपचार शुरु गरेका उनीहरूले नेपाल र भारतका अधिकांश अस्पतालहरू पुर्‍याए । 

अहिले दिनहुँ जसो रगत दिनु पर्ने र जतिसक्दो छिटो बोनम्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने चिकित्सकहरूले बताए पछि विपन्न आर्थिक अवस्थाको परिवार अत्यासमा परेको छ । 

आर्थिक अवस्था कमजोर भएका थापा परिवारले दाताहरूसँग सहयोग मागेका छन् । उद्योगी व्यापारी बुद्धिजीवी, नागरिक समाज लगायत सहयोग दिन सक्ने हर कोहीलाई आफ्नो छोराको जीवन रक्षाको अनुनय गरेका छन् ।  

सहयोग गर्न इच्छुकहरूले बिरामीको आमा सुभद्रा थापाको नाममा सानिमा बैङ्कमा रहेको खाता नं.००२०११०९००००३८४ मा सहयोग प्रदान गर्न सकिने छ, साथै परिवारसँग थप जानकारी लिन ९८१७९४४८३६ मा बिरामीको आमा सुभद्रासँग पनि सम्पर्क गर्न सकिने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ