arrow

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
deuba-badhai.JPG

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा विजयी भएको नेपाली क्रिकेट टोलीलाई बधाइ ज्ञापन गरेका छन् । 

ओमान विरुद्धको खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाइ दिएका हुन् । ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमी-१ मा आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको थियो ।

यस जितसँगै नेपालको सेमिफाइनलमा खेल्ने सम्भावना बलियो बनेको छ । सोही प्रतियोगिताअन्तर्गत नेपालले शनिवार फिलिपिन्ससँग खेल्नेछ । विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ मा विभिन्न आठ राष्ट्र सहभागी छन् । जसमा आयोजक ओमानसहित नेपाल, बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (युएई) छन् । 

ती आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । समूह एकमा नेपाल, क्यानडा, फिलिपिन्स र ओमान छन् भने समूह दुईमा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । प्रतियोगिता फाइनल पुग्ने दुई शीर्ष टोलीले आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अस्ट्रेलियामा हुने ‘टी २०’ विश्वकपमा स्थान बनाउने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ