arrow

महाराजगञ्ज क्याम्पसका सबै विद्यार्थीलाई होस्टेलको व्यवस्था गर्न नेविसंघको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
274213910_2814982498648210_7306454689486845532_n.jpg

काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जको क्याम्पसको मातहतका सम्पूर्ण विद्यार्थीका लागि होस्टेलको व्यवस्था गर्न नेपाल विद्यार्थी संघ महाराजगञ्ज चिकित्साशास्त्र क्याम्पस इकाइले माग गरेको छ । 

डिनको कार्यालयलाई ध्यानाकर्षण पत्र लेख्दै नेविसंघ इकाइले क्याम्पस मातहतमा सम्पूर्ण विधाका विद्यार्थीहरुको लागि होस्टेलको व्यवस्था गरिएको तर केन्द्रीय जनस्वास्थ्य विभागमा अध्ययनरत विद्यार्थीहरुलाई होस्टेल पाउने सुविधाबाट वञ्चित गरिएको र यो कदम गैरजिम्मेवारीपूर्ण रहेको भन्दै यथाशीघ्र उनीहरुको मागलाई सम्बोधन गर्न पनि माग गरेको छ । 

नेविसंघले २४ घण्टाभित्र लिखित जवाफ नआएमा यसबाट उत्पन्न हुने सम्पूर्ण समस्याको जिम्मेवार स्वयं डिन कार्यालय हुने चेतावनी पनि शुक्रबार बुझाइएको पत्रमा उल्लेख गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ