काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारबीच ‘वान् टु वान्’ भेटवार्ता भएको छ ।
बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब आधा घण्टा भएको छलफलमा दाहाल र गच्छदार दुई जनाबीच मात्रै छलफल भएको हो ।
प्रधानमन्त्री दाहालको निजी सचिवालयका अनुसार दुबैबीच गोप्य कुराकानी भएको र अन्य कसैलाई जानकारी दिइएको थिएन ।
स्रोतका अनुसार गच्छदारलाई सम्माजनक स्थान दिएर सरकारमा ल्याउनेबारे दाहालले छलफल गरेको बुझिएको छ । यद्यपि, दाहालले गच्छदारलाई केही दिन पर्खिन भनेको बताइएको छ । स्रोतले भन्यो, ‘अहिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई फकाउने काम भइरहेकाले दाहालले गच्छदारलाई तपाई केही दिन पर्खिनुस् भने ।’
मधेसी मोर्चाले गच्छदार मुसा प्रवृतिको भएको भन्दै सरकारमा सहमागि गराउन नहुने घुर्की लगाउँदै आएको छ । यद्यपि, गच्छदारले आफु सम्मानजनक स्थान दिए जुनसुकै हालतमा सरकारमा आउने सुनाएको बताइएको छ ।