arrow

चिनियाँ दुतलाई घरमै भेटेका ओलीले भारतीयसँग भेटे पार्टी कार्यालयमा

logo
प्रकाशित २०७३ साउन २३ आइतबार
kp-oli-indian-ambassdor.jpg.jpeg
काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चिनियाँ राजदुतले उ चुन्ताईले भेटेको दुई दिनपछि नै भारतीय राजदुत रञ्जीत रेले पनि ओलीसँग भेटेका छन्। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीसँग भारतीय राजदुत रञ्जीत रेले आइतबार दिउँसो एमाले मुख्यालय धुम्बाराहीमा भेट गरेका हुन्। प्रधानमन्त्रीबाट बाहिरिएपछि पहिलोपटक ओली र रेबीच भेटवार्ता भएको हो। ओलीको निवास वालकोटमै भेट्न चाहेका रेलाई उनले पार्टी कार्यालयमै भेट्ने भन्दै धुम्वाराही रोकेका थिए। चिनयाँ राजदुतलाई भने ओलीले घरमै भेटेका थिए। 
 
नेकपा एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीसंग चिनियां राजदुत उ चुन्ताईले ओली निवास बालकोटमा शुक्रबार भेटवार्ता गरेका थिए। भेटवार्ताका क्रममा ९ महिना सरकारको नेतृत्व गर्दा नेपाल र चीनबिच द्धिपक्षीय दिर्घकालिन हितका बिषयमा महत्वपुर्ण सम्झौताहरु भएको भन्दै तीनको कार्यान्वयन हुने बिश्वास राजदुतले व्यक्त गरेको ओलीका विदेश मामिला सहयोगी गोपाल खनालले जानकारी गराएका थिए।
 
ओलीले  नेपाल र चीनबीच ‘कनेक्टिभिटी’, नेपालको बिकासमा चिनियां लगानी र सहयोगलाई द्धिपक्षीय समझदारीमा अघि बढाएको र त्यसका सकारात्मक परिणामहरु आइरहेको समेत राजदुतले बताएका थिए। करिव एक घण्टा भएको वार्तामा नेपालको विकासमा चीन सधै सहयोगी रहने समेत राजदुतले बताएका थिए। ।
 
अध्यक्ष ओलीले आफ्नो कार्यकालमा नेपाल र चीनबीच पारबहन तथा यातायात लगायतका ऐतिहासिक सम्झौता भएकोमा सन्तोष लागेको भन्दै तीनले नेपालको बिकासलाई अघि बढाउन महत्वपुर्ण भूमिका खेल्ने बताएका थिए। उनले नेपालको विकासमा दुबै छिमेकी चीन र भारतलाई उत्तिकै महत्वकासाथ सहभागि हुन आग्रह गरिएको र सन्तुलनका आधारमा बैदेशिक सम्बन्ध अघि बढाएको बताएका थिए। 
 
चिनियां राजदुतसँग प्रश्नकै शैलीमा ओलीले भने चीनसंगका सम्झौता र समझदारी कुनै देश लक्षित थिए त ? ओलीले भने, 'चीनसंगका सम्झौता र समझदारी  नेपालको हितमा रहेका छन् । तिनलाई कुनै देश लक्षित रुपमा बुझ्न हुन्न ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ