काठमाडौं । विधान अनुसार महाधिवेशन गर्न माग गर्दै आमरण अनसन बसेका दुई विद्यार्थी नेताहरु गणेश सापकोटा र रत्नहरि ढुंगेलले आफुहरुको अनसन अझै पनि जारी रहेको बताएका छन् ।
अनसन बसेका गणेश सापकोटाले अस्पतालको शैय्याबाट हाम्राकुरासंग कुरा गर्दै आफुहरुले बागबण्डाका आधारमा भएको प्रतिनिधि छनोट र धाधलीपूर्ण रुपमा बनेको फर्जि विवरण खारेज नभएसम्म अनसन नतोड्ने बताएका छन् ।
उनले भने, ‘हामीले उठाएको माग पूरा नभएसम्म हामी कुनै पनि हालतमा अनसन ताड्दैनौं । हामी बरु मर्न तयार छौं ।’ बाहिर जति हल्ला चलाइएपनि अनसन तोडिदैन ।
एक साता अघि विधान अनुसार महाधिवेशन गर्न माग गर्दै विद्यार्थी नेता सापकोटा र ढुंगेलले पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन सुरु गरेका थिए । शनिबार बिहान मात्रै अनसन बसेका दुवैको स्वास्थ्यवस्था निकै खस्किएपछि काठमाडौंको मोडल अस्पताल भर्ना गरिएको थियो । उनीहरु अस्पतालकै शैय्यामा छन् ।
विभिन्न जिल्लामा भएको धाधली र विवादको विषयनै नमिलाई पार्टी नेतृत्वले जबरजस्ती महाधिवेशन गर्न लागिरहेको उनीहरुको भनाई छ ।