arrow

अनसनकर्ताहरु भन्छन्–हामी अझै आमरण अनसनमै छौं

logo
प्रकाशित २०७३ साउन २३ आइतबार
ansan-nebisang.jpg.jpeg
काठमाडौं । विधान अनुसार महाधिवेशन गर्न माग गर्दै आमरण अनसन बसेका दुई विद्यार्थी नेताहरु गणेश सापकोटा र रत्नहरि ढुंगेलले आफुहरुको अनसन अझै पनि जारी रहेको बताएका छन् । 
 
अनसन बसेका गणेश सापकोटाले अस्पतालको शैय्याबाट हाम्राकुरासंग  कुरा गर्दै आफुहरुले बागबण्डाका आधारमा भएको प्रतिनिधि छनोट र धाधलीपूर्ण रुपमा बनेको फर्जि विवरण खारेज नभएसम्म अनसन नतोड्ने बताएका छन् । 
 
उनले भने, ‘हामीले उठाएको माग पूरा नभएसम्म हामी कुनै पनि हालतमा अनसन ताड्दैनौं । हामी बरु मर्न तयार छौं ।’ बाहिर जति हल्ला चलाइएपनि अनसन तोडिदैन ।
 
एक साता अघि विधान अनुसार महाधिवेशन गर्न माग गर्दै विद्यार्थी नेता सापकोटा र ढुंगेलले पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन सुरु गरेका थिए । शनिबार बिहान मात्रै अनसन बसेका दुवैको स्वास्थ्यवस्था निकै खस्किएपछि काठमाडौंको मोडल अस्पताल भर्ना गरिएको थियो । उनीहरु अस्पतालकै शैय्यामा छन् ।  
 
विभिन्न जिल्लामा भएको धाधली र विवादको विषयनै नमिलाई पार्टी नेतृत्वले जबरजस्ती महाधिवेशन गर्न लागिरहेको उनीहरुको भनाई छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ