arrow

अनशनकारीलाई भेटेर मात्र देउवाले नेविसंघ महाधिवेशन उद्घाट्न गर्ने

logo
प्रकाशित २०७३ साउन २३ आइतबार
deuba.jpg.jpeg
काठमाडौं। आमरण अनसन बसेका दुई विद्यार्थी नेताहरु गणेश सापकोटा र रत्नहरि ढुंगेलले राखेका मागहरुलाई सम्वोधन गर्ने आश्वासन दिएर मात्र मातृ पार्टी नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा नेविसंघको महाधिवेशन उद्घाटन गर्न जाने भएका छन्। विधिवत महाधिवेशन गर्न माग गर्दै आमरण अनशनमा बसेका विद्यार्थीहरुलाई वेवास्ता गर्दै महाधिवेशन उद्घाटन गर्न जाँदा पार्टीको लोकतान्त्रिक आचरण र साख समेत खस्किने भएपछि देउवा उनीहरुलाई भेट्न जान लागेका हुन्। 
 
उद्घाटन कार्यक्रम अघी उनीहरुको अनशन तोडिएको अफवाह फैलिएपछि अनसन बसेका गणेश सापकोटाले अस्पतालको शैय्याबाट हाम्राकुरासँग कुरा गर्दै आफुहरुले बागबण्डाका आधारमा भएको प्रतिनिधि छनोट र धाधलीपूर्ण रुपमा बनेको फर्जि विवरण खारेज नभएसम्म अनसन नतोड्ने बताएपछि देउवा नै उनीहरुलाई भेट्न जान लागेका हुन्। अनशनकारीहरुलाई भेट्न आउन लागेको जानकारी देउवाकव सचिवालयबाट जानकारी आएको थियो नेविसंघका नेता युवराज पाण्डेले जानकारी दिए। 
 
अनशनमा रहेका सापकोटाले भने, ‘हामीले उठाएको माग पूरा नभएसम्म हामी कुनै पनि हालतमा अनसन ताड्दैनौं। हामी बरु मर्न तयार छौं।’बाहिर जति हल्ला चलाइएपनि अनसन तोडिदैन।
 
एक साता अघि विधान अनुसार महाधिवेशन गर्न माग गर्दै विद्यार्थी नेता सापकोटा र ढुंगेलले पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन सुरु गरेका थिए। शनिबार बिहान मात्रै अनसन बसेका दुवैको स्वास्थ्यवस्था निकै खस्किएपछि काठमाडौंको मोडल अस्पताल भर्ना गरिएको थियो। उनीहरु अस्पतालकै शैय्यामा छन्।  
 
विभिन्न जिल्लामा भएको धाधली र विवादको विषयनै नमिलाई पार्टी नेतृत्वले जबरजस्ती महाधिवेशन गर्न लागिरहेको उनीहरुको भनाई छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ