काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऋण असुली न्यायाधीकरणका तत्कालीन उपसचिव इन्द्रप्रसाद ढुङ्गानाले गैरकानुनी रुपमा एक करोड ९६ लाख ८२ हजार २५४ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता कृष्णहरि पुस्करले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएअनुसार ढुङ्गेल ऋण असुली अधिकृतका रुपमा रहँदा गैरकानुनी रुपमा भ्रष्टाचार गरी रकम कमाएको र पदीय हैसियत नमिल्दो उच्च जीवनयापन गरेको पाइएकोे अनुसन्धानका क्रममा खुलेको छ ।
आयोगले ढुङ्गाना तथा उनकी श्रीमती कौशिला ढुङ्गानाका नाममा रहेको स्रोत नखुलेका चल अचल सम्पत्तिसमेत जफत गर्न माग दाबी गर्दै मुद्दा दायर गरिएको जनाएको छ ।