arrow

राष्ट्रपति र प्रधानमन्त्रीबाट लामाको निधनप्रति दुःख व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ११ बुधबार
Deuba-Bhandari.jpg
फाइल तस्बिर

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसिद्ध लोकगीत सङ्कलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेकी छिन्  । उनले आज ट्विट गर्दै गायक लामाको निधनले नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति ब्यहोर्नुपरेको उल्लेख गरेकी हुन् ।

दुःखको यस घडीमा स्व लामाप्रति उनले श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेकी छिन् । 

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले आज ट्विट गर्दै गायक लामाको असामयिक निधनबाट मुलुकले गीतसङ्गीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको उल्लेख गरेका छन् । 

उनले दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

गायक लामाको आज बिहान भक्तपुरमा गाडीबाट झर्ने क्रममा असामयिक निधन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ