arrow

‘नेविसंघको साख जोगाउन नेतृत्व विष पिउन पनि तयार हुनुपर्छ’

logo
प्रकाशित २०७३ साउन २३ आइतबार
gagan-thapa-new-FNL-p.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री गगन थापाले नेविसंघको साख जोगाउनको लागि नेतृत्व विष पिउन पनि तयार हुनुपर्ने बताएका छन् । 
 
नेपाल विद्यार्थी संघको ११ औ महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै नेता थापाले अब कुनैपनि बहानामा नेपाल विद्यार्थी संघको महाधिवेशन रोक्न नहुने धारणा राखे । 
 
नेता थापाले नेपाली जनताको अधिकारका लागि पटक–पटक लडेको नेपाल विद्यार्थी संघ आफ्नै महाधिवेशन गर्न नसकेर बस्नु लाजमर्दाे रहेको भन्दै अब कुनै पनि हालतमा नेतृत्व पक्षले गम्भीर भएर नयाँ नेतृत्व ल्याउनको लागि भूमिका निर्वाह गर्नुपर्ने धारणा समेत राखे । 
 
‘नेविसंघको पहिलो पुस्ताले पञ्चायत विरूद्ध लड्यो, दोस्रो पुस्ता राजतन्त्र विरूद्ध लड्यो अबको हाम्रो पुस्ता गणतन्त्र स्थापित गर्न तल्लीन हुनु पर्छ’ थापाले भने । 
 
कार्यक्रममा नेता थापाले अस्पताल र पार्टीकार्यालयमा बसेर विधिवत महाधिवेशनको कुरा गर्ने नेविसंघका कार्यकर्ताहरूले पनि भोट हाल्न पाउनु पर्ने भन्दै अबको नेविसंघ नेतृत्वले कसैलाई पनि अन्याय र अत्याचारको शिकार हुन दिनु नहुने तर्क गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ