arrow

७१ वर्षमा ओली, भने- बुबा त अझै तन्नेरीजस्तै हुनुहुन्छ म त बुढो हुने कुरै भएन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ११ बुधबार
kp-oli-balkot-meet.jpg

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू बढो नभएको बताएका छन् । ७१ वर्ष पुगेका ओलीले आफ्ना पितातर्फ देखाएर भने ‘बुबा त अझै तन्नेरीजस्तै हुनुहुन्छ भने म त झन् बुढो हुने कुरै भएन, म ढुक्क छु ।’ 

एउटा रुसी कथामा योद्धाले जमीन छाड्दा हारेको र जमीनमा टेकेपछि पुनः विजयी भएको किस्सा सुनाउँदै अध्यक्ष ओलीले भने, 'अलिकति मौका मिल्यो भने त सर्वोच्च अदालतमा लगेर पनि चार जना न्यायाधीशले पछार्दा रहेछन् एमालेजस्तो पार्टीलाई, तर सधैँभरि उचालेको उचाल्यै हुँदैनौँ, फेरि जमीनमा टेकिहाल्छौँ र जनतासँग एकाकार भइहाल्छौँ, अनि एक छिन जालझेल, षड्यन्त्र, तिकडम गरेर केही गुट मिलेर एक पटक लडाउँदैमा मोर्चाको हारलाई युद्धको हार भन्न सकिन्न, हामी समग्र युद्ध हारेका होइनौँ, एक मोर्चा हारेका हौँ, फेरि जित्नेछौँ ।' 

ओलीले आफ्नो जीवन रहेसम्म जनता, राष्ट्र र राष्ट्रियताविरुद्ध कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गरे। 'म त फाँसी दिन माग गरिएको मान्छे, जनताको माया, सद्भाव र सहयोगले जेलमुक्त भएँ, म बिरामी पर्दा जनताले मठमन्दिर, गुम्बामा पूजा, भाकल गरेर, शुभेच्छा दिएर आफ्नो स्वास्थ्यलाभको कामना गर्नुभएको मलाई थाहा छ, जनताको शुभेच्छा र प्रार्थनाले म निको भएँ, मैले जनताबाट असाधारण माया र सहयोग पाएको छु, जनताको मायाले नै राज्य सञ्चालन गर्ने ठाउँमा छु', अध्यक्ष ओलीले भने, 'यो देशका जनता मेरो भगवान् हुन्, जनताभन्दा ठुलो कोही हुँदैन । जनताको माया, स्नेह, आशीर्वाद, जनताको शुभकामना र प्रार्थनाबाट पाएको आशीर्वादबाट पाएको मेरो बाँकी जीवन यही देश र जनताप्रति समर्पित गर्छु ।' 

केही गुटहरू मिलेर एक छिन जालझेलबाट एक पटक लडाउँदैमा जीवन त सकिँदैन नि भन्दै ओलीले एमाले फेरि जनताको साथबाट आउने दाबी गरे । 

त्यस अवसरमा ओली पत्नी राधिका शाक्यले केपी ओलीसँग विवाह गरेको दिन देखिनै जोखिम मोलेको बताउँदै घरबाट निस्किएको मान्छे फर्कने हो कि हैन भन्ने त्रासमा दिनहरू बिते पनि अहिले देशका लागि गरेको योगदानले सफल भएको अनुभूति गरेको चर्चा गरिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ