arrow

संसद बैठक अघि देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १२ बिहिबार
deuba-prachanda-final-433.jpg

काठमाडौं । संसद बैठक बस्नु अघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । 

सिंहदरबारमा नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसँग छलफल गरे लगत्तै प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्रीले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता प्रतिनिधि सभामा छलफल प्रारम्भ हुन लागेकाले सहयोग गर्न प्रचण्ड लाई आग्रह गरेका थिए ।

छलफलमा प्रधानमन्त्रीले एमसीसी सम्झौता पारित गर्न सहयोग गर्न प्रचण्डलाई आग्रह गरेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । 

नेपालसँग सिंहदरबारको छलफलमा प्रतिनिधि सभामा आजदेखि शुरु हुन लागेको एमसीसी सम्झौताका सन्दर्भमा कसरी अगाडि बढ्ने भन्नेबारेमा विचार विमर्श भएको बताइएको छ । 

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा एमसीसी सम्झौताबारे सैद्धान्तिक छलफल हुने कार्यसूची तय भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ