arrow

नेविसंघको महाधिवेशनमा खादाको दुरुपयोग, वातावरण प्रदुषण

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
khada.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघको महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी रहेको छ । आइतबार पहिलो दिन उद्घाटनमात्र भएको छ । दुई घण्टा ढिला गरी सुरु भएको उद्घाटन सत्र रातिसम्मै चलेको  थियो । 
 
विभिन्न विवादबीच सुरु भएको यो महाधिवेशन शुद्ध र पवित्र हुनेमा शंका अझै कायमै छ । त्यसकै कारण हो कि भृकुटीमण्डपको वातावरण पनि त्यति सहज देखिएन । 
 
उद्घाटनका क्रममा वरिष्ठ नेताहरुलाई सम्मानपूर्वक खादा लगाइदिए पनि नेताहरुले त्यसलाई त्यहीं छाडेर जाँदा भने फोहोर देखिएको छ । 
 
नेताहरुको यो क्रियाकलापले भने उनीहरुको हैसियतसमेत देखिएको छ । खादा कहिल्यै पनि सड्दैन । यसलाई कतिपय स्थानमा प्रतिवन्ध नै लगाइएको छ । 
 
काँग्रेसले यसलाई पाठका रुपमा अझै लिएको पाइएन । नेविसंघ पार्टीको जग हो भने जगैदेखि यसलाई प्रतिवन्ध लगाउने घोषणा गर्न सके यसले दिन सन्देश पक्कै पनि सकारात्मक हुने थियो । 
 
यसले अनावश्यक फजुल खर्च त रोक्ने नै छ वातावरण जोगाउन पनि मद्धत गर्नेछ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ