arrow

सबै नेता मिलेर जीर्ण नेविसंघको उद्धार नगरे चुनाव असम्भव –डा. प्रकाशशरण महत

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
prakash-sharan-mahat.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसका नेता एवं नेविसंघ महाधिवेशन निर्देशन समितिका संयोजक डा. प्रकाशशरण महतले नेविसंघको महाधिवेशन सफल पार्न काँग्रेसका सबै नेताहरु नमिली सम्भव नहुने बताएका छन् । लामो समयदेखि जीर्ण भएर बसेको नेविसंघबाट केही फाइदा लिन्छु भनेर बसेका नेताहरुका कारण नै महाधिवेशनमा बेथिति आउने भन्दै नेता महतले यसको समाधान गर्न कुनै पनि नेताको व्यक्तिगत स्वार्थ हुनु नहुने बताए ।
 
हाम्राकुरासंगको कुराकानीमा नेता महतले पार्टी सभापति शेरबहादुर देउवा विवादरहित तरिकाले महाधिवेशन सम्पन्न गर्नका लागि निर्देशन दिएजसरी अन्य नेताहरु पनि निस्वार्थ भावनाले नेविसंघलाई उदाहरणीय बनाउन लाग्ने हो भने महाधिवेशन सफल हुने बताए । 
 
सोमबार बिहान ११ बजेदेखि बन्द सत्र सुरु हुने बताइए पनि अहिलेसम्म विधिवत् महाधिवेशनको माग लिएर आमरण अनसनरत असन्तुष्ट नेताहरुको माग सम्वोधन भएको छैन । 
 
 
समितिका संयोजक महतले नियतवश गरिएको आमरण अनसन नहोस् भन्ने चाहेको भन्दै समस्या समाधानका लागि लागिरहेको बताए । अनसनकारीले पनि आफूले नै खोजेको हुनुपर्छ भन्ने कुरामा नलागी समाधानको बाटोमा आउनु पर्नेमा उनले सुझाव दिए ।
 
‘बाहिरबाट आएका साथीहरु मोटामोटी रुपमा प्रतिनिधि हुन्छौं भनेर आएकाले उहाँहरु बन्द सत्रमा सहभागी हुनुहुन्छ । चुनावअघि यसलाई गर्न सकियो भने यसले विवाद ल्याउने छैन’, महतले भने  ‘हामी प्रयासरत छौं, विद्यार्थी नेताहरुले पनि बुझिदिनुप¥यो ।’
 
नेता महतले काँग्रेसका नेताहरु एकजुट नहुने हो र स्वार्थमा लाग्ने हो भने महाधिवेशन सम्भव नहुने पनि बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ