arrow

नेविसंघको महाधिवेशन लम्बिने निश्चित, कर्ण समस्या समाधान भन्दा बल्झाउन उन्मुख

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
Ranjit-Karna.jpg.jpeg
काठमाडौं । नेपाल विद्यार्थी संघको महाविधेशन केही दिन लम्बिने निश्चित भएको छ । आइतबारदेखि भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनको उद्घाटनमात्र सकिए पनि बन्द सत्र र चुनावी प्रक्रिया सुरु हुने छाँट छैन । 
 
सोमबार बिहान ११ बजेदेखि बन्द सत्र सुरु हुने बताइए पनि त्यसको माहोल भृकुटीमण्डपमा देखिँदैन । 
 
चुनावी तदर्थ समितिका अध्यक्ष रञ्जित कर्ण पक्षले महाधिवेशन प्रतिनिधि चयनको सवालमा कुरै सुन्न नचाहेपछि विवाद लम्बिएको छ । यसबारे पटक पटक छलफल भइरहे पनि कर्णले भने पहिले नै अधिवेशन गरिएका ६४ जिल्लामध्ये ११ जिल्लाबारे कुरै सुन्न नचाहेको छलफलमा सहभागी एक नेताले बताएका छन् । 
 
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको ठाडो आदेशमा कर्णले ५१–४९ को स्थिति नआएसम्म कुनै पनि हालतमा प्रतिनिधि चयनको सवाललाई नसुन्ने स्रोतको दावी छ । 
 
अनसनकारीको अवस्था
१० दिनदेखि आमरण अनसनमा बसिरहेका दुई विद्यार्थी नेता गणेश सापकोटा र रत्नहरि ढुङ्गेलको अवस्था गम्भीर बन्दै गएको छ । मोडल अस्पतालको आइसीयुमा गम्भीर स्थितिबीच उनीहरु आमरण अनसनमै छन् । 
 
अस्तताल पुग्नेहरुको भीड बढे पनि आमरण अनसन स्थगित गराउने माहोल भने अहिलेसम्म बनेको छैन । 
 
आन्दोलनका नेतृत्वकर्ता कुन्दन काफ्ले भने आफूहरुलाई बाइपास गरेर महाधिवेशन अगाडि बढ्ने अवस्था नभएकाले जसरी पनि आफूहरुका माग पूरा हुने विश्वासमा छन् । उनी भन्छन् ‘मेन स्ट्रिमको राजनीति हामीले नै गरेका छौं, हामीलाई कसैले बाइपास गर्न सक्दैन ।’
 
बाल्मिकी र विश्वभाषामा भाते सम्मेलन 
नेविसंघको प्रतिनिधि विवाद नसकिएसंगै भृकुटीमण्डपको नजिकै रहेका दुई क्याम्पस विश्वभाषा र बाल्मिकीमा भने विद्यार्थीहरुको भाते सम्मेलन चलिरहेको छ । बन्द सत्र सुरु हुने छाँट नदेखिएपछि नेताहरु धमाधम यिनै दुई क्याम्पसमा भात खानमै व्यस्त छन् । 
 
भात खाँदै एक अर्कालाई नै गाली गर्नमा विद्यार्थी नेताहरु व्यस्त भएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ