काठमाडौं। नेपाल विद्यार्थी संघको सोमबार ११ बजेको लागि गर्ने भनिएको बन्दसत्र मंगलबार दुई बजेसम्मको लागि स्थगित भएको छ। नेविसंघका मुख्य सचिव शिव रिमालले विज्ञप्ती जारी गर्दै प्राविघिक कारणलाई देखाउँदै बन्दसत्र स्थगित गरिएको जनाएका छन्।
साथैं, मंगलबार विहान ८ बजेदेखि पार्टी कार्यालय सानेपाबाट प्रतिनिधिहरूले आ–आफ्नो नामको कार्ड लिनपनि विज्ञप्तीमा आग्रह गरिएको छ। नेविसंघमा महाधिवेशन प्रतिनिधीको विवाद नमिल्दा सोमबार बन्द सत्र हुने बेलासम्म पनि महाधिवेशन प्रतिनिधीको नामावली सार्वजनिक गरिएको छैन। निर्वाचन समिति बनेको छैन्। प्रतिनिधीको कार्ड बनेको छैन्। विधिवत महाधिवेशन माग गर्नेहरु अहिले पनि आमरण अनशनमा छन्।