“मायालु तिम्रो यादले मलाइ सतायो” म्यूजिक भिडीयो सार्वजनिक
प्रकाशित २०७३ साउन २४ सोमबार
2.3k
Shares
काठमाडौँ । गायक विराट कडरियाको आफ्नो पहिलो एल्बम झरी पछि दास्रो एल्बमको पहिलो म्यूजिक भिडीयो सार्वजनिक भएको छ ।
“मायालु तिम्रो यादले मलाइ सतायो” बोलको उक्त गीतमा कडरीयाको स्वर, शब्द तथा संगीत रहेको छ । गीतको म्यूजिक भिडियोमा पल शाह र स्वस्तिमा खड्काको सुन्दर अभिनय रहेको छ ।
दुवै चर्चित मोडलहरु रहेका यस गितलाई जीवन थापाले निर्देशन तथा सम्पादन गरेका हुन् भने अनिल मानन्धरले यस गितको छायाङ्कन गरेका हुन् ।
गितमा प्रेमिलाइ आफ्नो मायालुको यादले सताएको र मायाले भरिएको भाव उत्कृष्ट शैलीमा देखाइएको छ । साहस शाक्यको एरेन्जमेन्ट रहेको यस गितलाई मल्टिमेट प्रोडक्सनले बजारमा ल्याएको हो ।