arrow

प्रधानमन्त्रीले भने– साउदी र श्रीलंकामा अलपत्र नेपालीलाई सरकारकै खर्चमा घर फर्काउनुस्

साउदीमा नेपालीको कन्तविजोग : कयौं महिनादेखि तलब पाएनन्, कोही घर फर्किदै, कोही अलपत्र

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
pushpa_kamal-dahal--cm-prachand.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सरकारका साउदी अरब र श्रीलंकामा अलपत्र परेका नेपालीलाई तुरुन्तै राहत वा नेपाल आउने वातारण बनाउन निर्देशन दिएका छन् । 
 
परराष्ट्र सचिव शंकरदास बैरागीलाई टेलिफोन गरी प्रधानमन्त्री दाहालले साउदी अरब र श्रीलंकामा अलपत्र परेका नेपालीलाई तुरुन्तै व्यवस्थापन गर्न र नभए सरकारकै खर्चमा नेपाल ल्याउन निर्देशन दिएका हुन् । 
 
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री दाहालले साउदी अरबमा सयौं नेपाली र श्रीलंकामा ४५ जना नेपाली महिला कामदार अलपत्र परेको खबर आएको छ । यथार्थ बुझेर तत्काल उनीलाई राहत, रोजगारीको व्यवस्था र नेपाल फर्कने व्यवस्था गर्नुस्– भनेका छन् । 
 
प्रधानमन्त्री दाहालले सम्बन्धित देशको सरकार र दुतावाससँग समन्वय गरी यथाशिघ्र उनीलाई त्यही रोजगारीको व्यवस्था गर्न र त्यसो नभए सरकारी खर्चमै नेपाल ल्याउन समेत भनेका छन् । जवाफमा परराष्ट्र सचिवले प्रधानमन्त्रीको निर्देशनलाई आत्मसात गर्ने बताएका छन् । 
 
नेपालीको बेहाल 
श्रीलंकामा कम्तिमा पनि ९० कामदार अलपत्र परेको जानकारी आएको छ । यद्यपि, परराष्ट्र मन्त्रालयले हाल सम्म कति जना अलपत्र भएका छन् भन्नेबारे यकिन नभएको बताएको छ । परराष्ट्र मन्त्रालयलका प्रवक्ता भरतराज पौडेलले भने, ‘त्यहाँ भनेको भन्दा बढी पनि हुन सक्छन्, त्यो भन्दा थोरै पनि हुन सक्छन् । यकिन हुन सकेको छैन ।’
 
यस्तै साउदी अबरमा रहेका नेपालीबारे केही जानकारी आएको पौडेलले बताएका छन् । साउदीको साउदी ओजेर कम्पनीमा कार्यरत ४१ जना नेपाली मध्ये ६ जना घर फर्किएका छन् । १२ जना फर्किने क्रममा रहेको र १३ जना अर्को कम्पनीमा ट्रान्सफर भएका छन् । यस्तै, ती मध्ये १३ जना अर्को कम्पनीमा जाने कि घर फर्किने भन्ने द्विविधामा परेका छन् । 
 
सोही कम्पिनीको रियादस्थित ब्रान्चमा काम गर्ने २५ नेपाली दूतावासको सम्पर्कमा आएका छन्, प्रवक्ता पौडेलले भने, ‘उनीहरुले लामो समयदेखि खाना बाहेक पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।’ साउदी सरकारले अर्को कम्पनीमा काम गर्न जाने भए कानुनी सहायता दिन सकिने बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ