arrow

रक्तसंचार सेवा केन्द्रमा कम्पोनेट मेशिन संचालन

logo
कुुमोद अधिकारी,
प्रकाशित २०७३ साउन २४ सोमबार
mechine-new-blod.JPG.jpeg
विराटनगर । जिल्ला रेडक्रस सोसाइटी मोरङले विराटनगर स्थित रक्तसंचार सेवाकेन्द्रमा कम्पोनेट मेशिन संचालनमा ल्याएको छ । विरामीलाई चाहिने रगतको तत्व तयारगर्न मेशिन संचालनमा ल्याइएको हो ।
 
मेशिन संचालनमा आएपछि विरामीलाई जुन रगतको तत्व चाहिन्छ त्यो तत्व अव सहज रुपले तयार हुने गर्दछ । रेडक्रसले १७ लाख रुपैंयामा मेशिन खरिद गरेर संचारकेन्द्रमा जडान गरेको रेडक्रस जिल्ला सभापति सुवोधकुमार सिंहले बताए । 
 
मेशिन जडान भएसंगै विरामीले फरक–फरक तत्वका रगत सहज रुपले पाउन सकिने भएको सिंहको भनाई छ  । संचारकेन्द्रबाट अहिले दैनिक ४५ देखि ५० पिन्ट रगत वितरण हुने गरेको छ । पूर्वाञ्चलमा धरान र विराटनगरको रक्त संचार सेवा केन्द्रमा यो मेशिन संचालनमा छ ।
 
मेशिन संचालनमा आएपछि एउटै ब्डलाई कम्पोनेन्टगरी दुई प्रकारको बनाउन सकिने जनाइको छ । एक पिन्ट ब्लडबाट अब मेशिनको माध्यमवाट दुई प्रकारको ब्लड बनाएर दुईजना विरामीलाई प्रयो गर्न  सकिने भएको रक्तसंचार केन्द्रका प्राविधिक इन्चार्ज शिवानन्द मण्डलले बताए । 
 
चिकित्सकले विरामीसंग माग गरे अनुसार दुईजना विरामी मध्ये एक जनालाई प्लेटलेट वा प्लाजमा र अर्को विरामीलाई प्याकसेल ब्लड दिन सकिने भएको छ । मेशिनले ब्लड छुट्याउने भएकाले पनि सहज रुपले विरामीलाई ब्लड दिन केन्द्र लाई सजिलो भएको मण्डलको भनाई छ ।
 
यसअघि, संचार केन्द्रले होल ब्लड दिने गरेको थियो । मेशिन आएपछि ब्लडको मात्रा बढाउन सकिएको र विरामीको माग अनुसार बलड छुट्याएर दिन थालिएको रेडक्रस सभापति सिंहको भनाई छ । त्यसका लागि चिकित्सकहरुले समेत कुन ब्लड चाहिएको हो भनेर विरामीको पुर्जीमा उल्लेख गर्दा केन्द्रलाइ सहज हुने सिंहको भनाई छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ