arrow

स्थानीय तहको चुनावको लागि केपी ओली देश दौडाहामा, आइपुगे पोखरा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २३ सोमबार
kp-sharma-oli--udayepur-news.jpeg
तस्बिर– फाइल

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी ओली पोखरा आइपुगेका छन् । एमाले गण्डकी प्रदेश कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन ओली सोमबार दिउँसो काठमाडौंबाट पोखरा आइपुगेका हुन् ।

मंगलबार एमाले गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्ने नवप्रवेशीलाई उनले पार्टीमा प्रवेश गराउने तय भएको छ ।

एमालेले स्थानीय तहको निर्वाचनको तयारीसमेत शुरु गरिसकेको छ । सोही कारण ओली देश दौडाहामा लागेका छन् । यसअघि ओली सोमबार नवलपरासी पूर्वको मध्यविन्दु बहुमुखी क्याम्पस, कावासोतीको १६औं स्थापना दिवस समारोहमा सहभागी भएका थिए । 

उनले नवनिर्मित क्याम्पस भवनको उद्घाटनसमेत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ