arrow

अरुणाञ्चलका पूर्व मुख्यमन्त्री कलिखो पुल मृत फेला

logo
प्रकाशित २०७३ साउन २५ मंगलबार
kalikho-pul_650x400_51470726494.jpg.jpeg
इटानगर (भारत) । भारतीय कँग्रेसबाट विद्रोह गरी केही समय अरुणाञ्चल प्रदेशको मुख्य मन्त्रीका रुपमा कामगरेका नेता कलिखो पुलले आत्महत्या गरको बताइएको छ । 
 
आफ्नै सयन कक्षमा सिलिङ् झुन्डिएर आत्महत्या गरेको अवस्थामा मङ्गलबार बिहान उनको लाश भेटिएको उनकी तीन श्रीमतीमध्ये एक श्रीमतीले भेटेको भारतीय सञ्चारमाध्यममा जनाइएको छ । पुलका तीन श्रीमती र चार छोराछोरी छन् । 
 
पूर्व मुख्यमन्त्री पुलको मृत्युभएको खवर सञ्चारमाध्यमममा आएपछि भारतको सत्ताधारी दलहरु र विपक्षी सांसद्, पुलका अन्यसाथी र शुभचिन्तक उनि बस्ने गरेको घरमा पुगेका थिए । 
 
उनले मृत्यु (आत्महत्या)को कारण समाचार संकलन गर्दासम्म खुल्न सकेको छैन । पुलले यही वर्ष फेबु्रअरी १९ मा मुख्यमन्त्री बनी छोटो समयको लागि राज्य सरकारको नेतृत्व सम्हालेका थिए । 
 
जुलाईमा भारतीय उच्च अदालतले नबाम टुकीलाई पुनःवहाली गरेपछि पुल मुख्यमन्त्रीको पदबाट हटेका थिए । तर पछि टुकीले राज्य सरकारको दशौँ मुख्य मन्त्रीमा उनकै दलका अर्को नेता पेमा खाँडुलाई मुख्य मन्त्री बन्न समर्थन गर्दै राजिनामा दिएका थिए । पिटिआइ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ