arrow

बेपत्ता विद्यार्थी मृत फेला

logo
प्रकाशित २०७३ साउन २५ मंगलबार
District-04-Taplejung-hamrakura.jpg.jpeg
ताप्लेजुङ। स्कुल जाने क्रममा खोला तर्दा बगेर बेपत्ता भएकी ताप्लेजुङ लिङ्खिमकी अनिता लिम्बु आज मृत फेला परेकी छिन् । 
 
स्थानीय विजय निमाविमा कक्षा आठमा अध्ययनरत अनिता आज बिहान करिब पौने दश बजे स्कुल जाने क्रममा लिङ्खिमको तावा खोला तर्दै गर्दा बगेकी थिइन् । 
 
बेपत्ता अनिताको शव दिउँसो २ बजे बगेको स्थानदेखि करिब दुईसय मिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ