arrow

बैद्य निकट पत्रकारको अध्यक्षमा राउत, उपाध्यक्षमा पंगेनी

logo
प्रकाशित २०७३ साउन २५ मंगलबार
federation-revolutionary-journalist-baidya.jpg.jpeg
काठमाडौं। क्रान्तिकारी पत्रकार महासंघको प्रथम राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ। सोमबार सम्पन्न भएको सम्मेलनको नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले उद्घाटन गरेका थिए। सम्मेलनले इन्द्र राउतको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको उपाध्यक्षमा निर्वाचित पंगेनीले जानकारी दिए। 
 
सम्मेलनबाट निर्वाचित पदाधिकारी अध्यक्षमा इन्द्र राउत, उपाध्यक्षमा नारायण पंगेनी, महासचिवमा केशरमणि कटुवाल, सचिवमा रामकुमार श्रेष्ठ रहेका छन् भने कोषाध्यक्षमा अमिरमैया रञ्जितकार निर्वाचित भएका छन्।
 
सम्मेलनबाट तीनवटा समितिहरु गठन गरिएको महासंघले जनाएको छ । जस अन्तर्गत् अनुशासन समिति संयोजक कुमार शाह, प्रशिक्षण समिति संयोजकमा टेकबहादुर मास्के, लेखा समित संयोजकको रूपमा जयन्ती लुईटेललाई जिम्मेवारी तोकिएको महासंघले जनाएको छ।
 
सम्मेलनको समापनपछि बसेको पहिलो बैठकले क्रान्तिकारी पत्रकार महासंघको सल्लाहकारमा गोर्की श्रेष्ठ, रामचन्द्र हुमागाईं, कुमार शाह, जयन्ती लुइटेल, टेकबहादुर मास्कीलाई थप गरेको छ भने महासंघको कार्यालय सदस्यमा सचिर महर्जन र लोकराज जैसीलाई मनोनित गरेको छ।
 
बैठकले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, साना लगानीका सञ्चारमाध्यमको संवद्र्धन, जनपक्षीय पत्रकारिताको पक्षमा खरो रुपमा उत्रने निर्णय गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ