arrow

नेविसंघका अनसनरत नेतालाई आईसियूमा सारिँदै, मोडलबाट ओममा लगिदै

logo
प्रकाशित २०७३ साउन २५ मंगलबार
NSU-hungger-strike.jpg.jpeg
काठमाडौं। आमरण अनसनरत विद्यार्थी नेता गणेश सापकोटा र रत्नहरी ढुङगेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनीहरुलाई सघन उपचारमा राखेर उपचार गर्नुपर्ने भएको छ। काठमाडौं मोडल अस्पतालमा आमरण अनसनसँगै उपचाररत सापकोटा र ढुङगेलको अवस्था गम्भीर भएपछि उनलाई सो अस्पतालबाट सघन उपचारकालागि चावहिल स्थित ओम अस्पतालमा लैजान लागिएको हो। 
 
उनलाई नेपाली काँग्रेसका नेता गगन थापाले काठमाडौं मोडल अस्पतालबाट डिस्चार्ज गराई ओम अस्पतालमा लैजान सहजीकरण गरिरहेका छन्। मोडल अस्पतालमा आईसियू प्रबन्ध नभएपछि सापकोटालाई ओम अस्पताल लैजान लागिएको थापासँगै रहेका विद्यार्थी नेता प्रताप पौडेलले जानकारी दिए। 
 
सापकोटा र ढुंगेल करिव दुई हप्तादेखि आमरण अनसनमा रहेका छन्। उनीहरूले विधिवत महाधिवेशन हुने प्रत्याभूति नभएसम्म मृत्युपर्यन्त आमरण अनसन नतोड्ने अडान राखेका छन्। 
 
नेविसंघ महाधिवेशन उद्घाटनमा जानु अघि अनसनमा रहेका विद्यार्थीलाई पार्टी सभापति शेरबहादुर देउवाले भेटी उनीहरूको माग सम्बोधन गरेरै मात्र निर्वाचन गराउने भने पनि तीन दिन बितिसक्दा पनि केही निर्णय नभएपछि विद्यार्थीहरू भने आईसियूमा पुग्ने अवस्था सिर्जना भएकोमा विद्यार्थी नेता कुन्दन काफ्लेले चिन्ता गम्भीर चिन्ता व्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ