arrow

सत्ता चलाउनेहरु होसियार ! थबाङ फेरि विद्रोही बन्न सक्छ

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ साउन २५ मंगलबार
Hosiyer-chl-Thabang.jpg.jpeg
रोल्पा । स्थानीय तहको पुनःसंरचना सीमांकनको खाका पुनःविचार नगरिए दश वर्षे युद्धको उद्गम स्थल थबाङ फेरि विद्रोही बन्न सक्ने गाउँपालिका सीमांकन पुनरावलोकन सुझाव समिति थबाङका संयोजक जयप्रकाश रोका मगरले बताए ।  
 
मंगलबार लिबाङमा भएको पत्रकार सम्मेलनमा रोकाले गाउँपालिकाको केन्द्र बन्न थवाङसंग पर्याप्त आधारहरु हुँदाहुँदै पनि थबाङलाई उपेक्षा गरिएको बताए ।  
 
यसैबीच, उनले म्याग्दी र डोल्पा आक्रमणका क्रममा पटक–पटक सैयौंको संख्यामा थबाङीहरु गोली बोकेर त्यहाँ गएको सम्झिए । उनले स्थानीय तहको पुनःसंरचना सीमांकनमा पुनःविचार नगरिए थबाङ फेरि रगतको बलिदानी दिन पछि नहट्ने बताए ।  
 
अझैपनि थबाङबासीको मर्म नबुझे परिस्थिति पेचिलो बन्न सक्ने बताउँदै थबाङले कि केही पाउँछ कि जिल्ला नै तहस नहस बनाउँछ –उनले भने ।
 
उनले थबाङले कहिलेपनि अन्याय गरेको छैन तर राज्यले थबाङलाई सधैं अन्याय गरिराखेको छ । फेरि पनि थबाङ अन्यायमा परे ४ हजार थबाङी जनता बलिदानी दिन पछि नहट्ने र इतिहासमा नयाँ खाका कोर्न तयार रहने सुनाए ।  
 
थबाङलाई उवा, मिरुल, जेल्बाङ, कुरेली र थबाङसहित पाँच गाविसको गाउँपालिका केन्द्र बनाउनुपर्ने  माग राख्दै थबाङीहरु फेरी सदररमुकाम लिबाङ आइपुगेका हुन् । 
 
राज्य पुनःसंरचनाको कुरा गर्दा वा सीमांकनको खाका तयार पार्दा भूगोल, भाषा, संस्कृति र जनताको मनोविज्ञानलाई कदर गर्नुपर्नेमा यसो नभएको थबाङीहरुको गुनासो छ । 
 
पत्रकार सम्मेलनमा बोल्दै थबाङ गाविसका बुद्धिजिवी प्रवेशकुमार रोका छिरिङले सीमांकनको खाका कुनै हालतमा थबाङी जनताका लागि स्वीकार्य नहुने बताए । उनले भने,– ‘राजनीतिक आन्दोलनमा थबाङ बहसको विषय बनेका छ, थबाङले गौरवमय इतिहाँस रचेको छ । तर पनि भूगोलका हिसावले थबाङ सधै उपेक्षित भएको छ ।’ कार्यक्रममा ऋषिकेशव बुढामगरले विज्ञप्ति पढेर सुनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ