arrow

नेविसंघको विवाद टुङ्गियो, बिहान ११ बजे बन्दसत्र सुरु हुने

logo
प्रकाशित २०७३ साउन २६ बुधबार
NSU-11-conventation-logo.jpg.jpeg
काठमाडौं । गत आइतबारदेखि काठमाडौंमा जारी नेविसंघको महाधिवेशनको बन्दसत्र बुधबार बिहानदेखि हुने भएको छ । सोमबारदेखि भृकुटीमण्डपमा हुने भनिएको बन्दसत्र प्रतिनिधि छनोटमा विवाद भएपछि लम्बिएको थियो । 
 
नेपाली कांग्रेसका नेता प्रकाशशरण महतको संयोजकत्वको निर्देशन समितिले प्रतिनिधि विवाद टुंग्याएसंगै बन्दसत्र बस्न लागेको हो । 
 
समितिको मंगलबार राति बसेको बैठकले सर्वसम्मत रुपमा प्रतिनिधि छनोट विवाद टुंगो लगाएको महतले जानकारी दिए । 
 
नेवि संघको महाधिवेशनका लागि ११ वटा जिल्लामा प्रतिनिधि चयन हुन नसकेपछि बन्दसत्र प्रभावित हुँदै आएको थियो । अब ११ जिल्लाका साथै ६४ जिल्लाभित्र पनि केही जिल्लाको विवाद मिलाउने गरी सहमति भएको छ । 
 
तर मातृ पार्टीले त्यसमा हस्तक्षेप गरी विवादित देखिएका जिल्लामा बराबरको संख्यामा प्रतिनिधि चयन गराउने सहमति गरेपछि प्रतिनिधि छनोट विवाद टुंगिएको हो ।
 
प्रतिनिधि छनोटको विषयलाई साउन १५ गतेदेखि विद्यार्थी नेताहरु गणेश सापकोटा र रत्नहरि ढुंगेल आमरण अनसनमा बसेका छन् । उनीहरुको अवस्था गम्भीर छ । दुवैलाई ओम अस्पतालको आइसीयुमा राखेर उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ