arrow

नेविसंघ महाधिवेशनः आधा माग सम्वोधन भयो, बन्दसत्रको टुङ्गो छैन, आमरण अनसन तोडिंदै –काफ्ले

logo
प्रकाशित २०७३ साउन २६ बुधबार
NSU-11-conventation-logo.jpg.jpeg
काठमाडौं । नेपाल विद्यार्थी संघको विधिवत् महाधिवेशनको माग गर्दै आएको आन्दोलनरत पक्ष कुन्दन काफ्ले समूहले आफ्ना ५० प्रतिशत माग संवोधन भएको जनाएको छ । महाधिवेशन निर्देशन समितिले मंगलबार रातिसम्म बसेर विवाद समाधान गरेपछि पूर्व कोषाध्यक्ष एवं आन्दोलनका नेतृत्वकर्ता काफ्लेले आफ्ना माग ५० प्रतिशत सम्वोधन भए पनि अब महाधिवेशन अगाडि बढ्ने जनाए । 
 
काफ्लेका अनुसार विवादित ११ जिल्लाको अधिवेशन ३ महिनाभित्र गर्ने सहमति भएको छ । सो अधिवेशन भने केन्द्रीय सदस्यको रोहवरमा पार्टीको समन्वयमा गर्ने निर्णय भएको छ । अहिले जिल्ला सभापति नतोकी प्रतिनिधिमात्र चयन हुनेछन् । 
 
अहिलेको महाधिवेशनका लागि भने पार्टीमा दिएको योगदानका आधारमा प्रतिनिधि चयन गर्ने सहमतिसमेत भएको छ । 
 
अन्य विवादित जिल्लाको हकमासमेत समाधान गर्ने निर्णय भएको काफ्लेले बताए । यो विवाद समाधान भएसंगै सोमबारदेखि हुनुपर्ने बन्दसत्र बस्नेछ । 
 
बन्दसत्रको समय भने नतोकिएको काफ्लेले बताएका छन् । ११ बजे बस्ने भनी नेविसंघ अध्यक्ष रञ्जित कर्णले बताए पनि त्यो समय तय नभएको काफ्लेले भने । 
 
प्रतिनिधि चयन गरी परिचय पत्र नबाँडेसम्म बन्द सत्र सुरु नहुने उनले बताए । 
 
यसैबीच प्रतिनिधि छनोटको विषयलाई लिएर साउन १५ गतेदेखि आमरण अनसनरत विद्यार्थी नेताहरु गणेश सापकोटा र रत्नहरि ढुंगेलको आमरण अनसन फुकाउन काफ्ले समूह लागेको छ ।
 
काफ्लेले हाम्राकुरासंग भने, ‘हामी अब तत्काल आमरण अनसन तोडाउन लाग्दैछौं ।’ सापकोटालाई गम्भीर अवस्थामा मंगलबार रातिदेखि ओम अस्पतालको आइसीयुमा राखेर उपचार भइरहेको छ ।
 
त्यस्तै रत्नहरि मोडल अस्पतालमा उपचाररत छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ