काठमाडौं । नेविसंघको ११ औं महाधिवेशनको विवाद अन्त्य गरी महाविधेशन अगाडि बढाउने महाधिवेशन निर्देशन समितिको निर्णयसंगै शक्ति सन्तुलनका लागि नेताहरुबीच फेरि छलफल हुँदैछ ।
काँग्रेसका केन्द्रीय सदस्य एवं निर्देशन समितिका सदस्य प्रदीप पौडेलले निर्देशन समितिकै बैठक पुनः बस्दै गरेको जानकारी दिए । उनका अनुसार मंगलबार राति १ बजेसम्म बसेको बैठकले समस्याको समाधान गरे पनि शक्ति सन्तुलनका लागि फेरि एक पटक बैठक बस्नु जरुरी रहेको हो ।
स्रोतका अनुसार असन्तुष्ट कुन्दन काफ्ले पक्ष र पार्टी कार्यालयमा अनशनरत पक्षलाई निश्चित प्रतिशत छुट्टाएर बाँकी रहेको संख्यामा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षलाई बराबरी बाँड्ने जनाइएको छ । यसरी गर्दा अधिवेशन हुन वाँकी ११ जिल्ला र उपत्यकाका विभिन्न क्याम्पसहरु समेत रहेका छन्। यि क्याम्पस र जिल्लाहरुमा तत्काल नेतृत्व चयन नगर्ने, ३ महिनाभित्र अधिवेशन गर्ने र अहिलेलाई क्रियाशिलताको आधारमा महाधिवेशन प्रतिनधी तोक्ने सहमति भएको हो। यसरी महाधिवेशन प्रतिनधी तोक्दा नेविसंघ भित्र विधिवत महाधिवेशनको पक्षमा वकालत गर्दै आमरण अनशनरतहरुको कुरा सुन्दै शक्ति सन्तुलनको आधारमा प्रतिनिधी मिलाउने सहमति नेताहरुले गरेका छन्।
पौडेलले दिउँसो ३ बजेसम्म प्रतिनिधि विवाद टुङ्गिने दावी गरे । त्यसपछ्मिात्र साँझसम्म बन्दसत्र सुरु हुने सम्भावना छ । काठमाडौं आएका नेताहरुलाई कसरी प्रतिनिधिमा मिलाउन सकिन्छ भन्नेबारे पनि छलफल हुनेछ ।