arrow

फेरि विद्रोह गर्ने चेतावनी दिइरहेको गृह जिल्ला रोल्पा पुगिन् सभामुख

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ साउन २६ बुधबार
onsari.jpg.jpeg
रोल्पा ।  सभामुख ओनसरी घर्तीमगर स्थानीय तह पुनःसंरचनाको विषयलाई लिएर विद्रोह गर्ने मनस्थितिमा पुगेको गृह जिल्ल रोल्पा पुगेकी छन् ।
 
रोल्पाको लिबाङमा वुधबार जिल्ला स्तरीय परामर्श कार्यशाला गोष्ठी हुँदैछ । कार्यशाला गोष्ठीमा जिल्लाभित्र रहने स्थानीय तहको संख्या र सीमाना तय गर्ने, गाउँपालिका र नगरपालिकाको संभावित केन्द्रको पहिचान गर्ने, प्रत्येक गाउँपालिका र नगरपालिकाको वडा संख्या एकिन गर्ने, स्थानीय तहका इकाइहरुको नामाकरणको प्रस्ताव तयार गर्ने, इलाकास्तरीय गोष्ठीमा सरोकारवालाहरुको सुनिश्चित सहभागिता हुने आधार तयार गर्ने विषयमा छलफल हुनेछ । 
 
यसअघि, मंगलबार मात्रै माओवादी सशस्त्र युद्धको मुख्य आधार क्षेत्र थबाङका स्थानीय आफुहरुलाई उपेक्षा गरेको भन्दै आक्रोशित भएर सदरमुकाम पुगेका छन् । 
 
गोष्ठीमा जिल्लाका मन्त्री, सांसदहरु, पूर्वमन्त्रीहरु, पूर्वसांसदहरु, जिल्लामा क्रियाशील राजनीतिक दलका जिल्ला तथा क्षेत्रीय प्रमुखहरु, सबै कार्यालय प्रमुखलगायत सहभागि हुने बताइएपनि मन्त्री, पूर्वमन्त्रीहरुको कोही सहभागि भएका छैनन् । 
 
कार्यक्रममा नेकपा एमालेका सचेतक एवम् सांसद गोकुल घर्तीमगर, पूर्व सांसदहरु लेखनाथ आचार्य र झक्कुप्रसाद सुवेदी उपस्थित छन् । 
 
स्थानीय निकाय पुनःसंरचना प्राविधिक सहयोग समितिमा गाउँपालिका र नगरपालिकाको संख्या कम रहेको, जनसंख्या र भूगोलको आधारमा विभाजनले मेल नखाएको, गाउँ पालिका र नगरपालिकाको लागि जनसंख्याको मापदण्ड घटाउनु पर्ने जस्ता सुझावहरु आएका छन् । 
 
थबाङ गाविसले थबाङलाई राज्यले उपेक्षा गरेको भन्दै विरोध जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ