arrow

नेविसंघको महाधिवेशनबारे जानकारी दिन पत्रकार सम्मेलन हुँदै

logo
प्रकाशित २०७३ साउन २६ बुधबार
congress-party-office-1.jpg.jpeg
काठमाडौं । नेविसंघको महाधिवेशन गर्न गठित केन्द्रीय निर्देशन समिति महाधिवेशनबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै छ ।
 
बेलुकी पाँच बजे पार्टी केन्द्रीय कार्यलयमा पत्रकार सम्मेलन गरी समितिले नेविसंघको विवाद समाधान र मापदण्ड सहितको खाका सार्वजनिक गर्ने बताइएको छ । 
 
श्रावण २६, २०७३
 
 
नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशन समयमै सम्पन्न गर्न आवश्यक सहयोग एवं निर्देशन गर्नका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य डा. प्रकाशशरण महतको संयोजकत्वमा गठित ५ सदस्यीय नेपाल विद्यार्थी संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिले महाधिवेशनका बारेमा जानकारी दिने उद्देश्यका साथ आज श्रावण २६ गते अपरान्ह ५ः०० पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा पत्रकार सम्मेलन गर्दैछ । समाचार संकलन तथा प्रकाशनार्थ उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ । 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ