एजेन्सी । अजय देवगनको आगामि एक्शन चलचित्र 'शिवाय' को बारेमा फैलिएको अफवाहको अन्त्य भएको छ । चलचित्रमा सलमान खानको स्पेशल गीत रहने भनिए पनि उनको कुनै स्पेशल गीत नरहने भएको छ ।
सलमानले यस अघि संजय दत्त र अजय देवगनको चलचित्र 'सन अफ सरदार' मा 'पो पो' बोलको गित गाएका थिए । त्यस्तै 'शिवाय' मा पनि देखिने अनुमान गरिएको थियो । तर अजयले यस्ता सबै समाचारमा पुर्ण विराम लगाएका छन्।