संकटमा इमरान खान, अविश्वास प्रस्तावअघि आफ्नै पार्टीका २४ सांसदले छाडे साथ
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ३ बिहिबार
1.1k
Shares
तस्बिर– फाइल
काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको कुर्सी संकटमा परेको छ । विपक्षीले अविश्वासको प्रस्ताव ल्याएपछि मतदानअघि नै उनकै पार्टी तहरीक–ए–इन्साफका २४ सांसदले साथ छाडेपछि उनको पद संकटमा परेको हो ।
उनीहरुले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । तर सरकारी कारबाहीको डरले उनीहरु इस्लामावादस्थित सिन्ध हाउसको शरणमा परेको बताइएको छ ।
यो हाउस सिन्ध सुबे सरकारको आधिकारिक भवन हो । सिन्ध प्रान्तमा नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग नवाजको सरकार छ ।