काठमाडौं । मुस्ताङको कोरला नाका १० दिनका लागि खुलेको हल्लाले प्रमुख जिल्ला अधिकारी (सीडीओ)तनावमा परेका छन् ।
प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले कोरला नाका खुल्ने बारे आफुहरुलाई कुनै जानकारी नआएको र हल्ला भएपछि बुझ्न थालेको बताएका छन् । उनले हाम्राकुरासंग भने, ‘यसरी नखुल्नु पर्ने हो ।
नाका त पूर्व द्विपक्षीय सहमति अनुसार भदौ ४ गते खुल्ने भन्ने थियो । अहिले नै कसरी खुल्यो हो ला र ? ।’ अहिले बाटो समेत राम्रो छैन । बाटो विग्रेको बेलामा कसरी खुल्न सक्छ ।
पूर्व सहमति अनुसार भदौ ४ गते दुई तर्फी नाका खोल्ने कुरा थियो, उनले थपे, ‘पारी पट्टी तयारीका लागि आए होलान् । त्यो पहिले पनि हुन्थ्यो । टेण्ट गाडेर बस्ने र तयारी गर्ने ।
मेला लाग्नलाई पहिले देखिनै तयारी गर्न आएका होलान् ।’ त्यसैलाई नाका खुलेको भनेका होलान् । यसबारे थप हामी बुझ्दै छौं ।