arrow

पार्टी सभापति शेरबहादुर देउवाले अनसनकारीलाई जुस खुवाउँदै

logo
प्रकाशित २०७३ साउन २६ बुधबार
NSU-neta-ICU-ma.jpg.jpeg
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले केही बेरमा आमरण अनसनरत विद्यार्थी नेताद्वय गणेश सापकोटा र रत्नहरि ढुंगेललाई जुस खुवाएर अनसन भङ्ग गर्दे छन् । 
 
महाधिवेशन प्रतिनिधिको टुंगो लागेको भन्दै सभापति देउवा ओम हस्पिटलमा उपचारारत अनसनकर्ता सापकोटा र टुंगेललाई जुस खुवाउन लागेका हुन् । जुस खुवाएपछि बेलुकी पाँचबजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारी छ । 
 
सापकोटा र ढुंगेल २ साता अघि विधिवत महाधिवेशनको माग राख्दै पार्टी केन्द्रीय कार्यालयमा अनसन बसेकामा गत शनिबार स्वास्थ्यवस्था विग्रिएपछि काठमाडौंको मोडल अस्पतालमा भर्ना गरिएको थियो ।
 
उनीहरुको अवस्था निकै जटिल भएपछि मंगलबार साँझ मात्रै चावहिलस्थित ओम हस्पिटलको सघन उपचार कक्ष (आइसीयु)मा सारिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ