arrow

नोबेलका डाक्टरले इटहरीको माया घरमै पुगेर गरे असहायको निःशुल्क उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ४ शुक्रबार
Nobel-HEalth-Camp-(1) (1).jpg

सुनसरी । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका डाक्टरहरुले सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित माया घरमा पुगेर त्यहाँ रहेका असहायहरुको निःशुल्क उपचार गरेका छन् । एक दिने स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरी माया घरमा आश्रीत व्यक्तिहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

सडक मानब, मानसिक रोगी लगायत असहायहरुलाई माया घरमा आश्रय दिएर राख्ने गरिएको छ । अहिले माया घरमा १०३ जना व्यक्तिहरु आश्रय लिएर बस्दै आएका छन् ।

उनीहरुको स्वास्थ्य परीक्षण गरिएको माया घरकी सचिव सुभद्रा प्याकुरेलले जानकारी दिइन् । स्वास्थ्य परीक्षणका लागि नोबेलबाट चार जना बिशेषज्ञ डाक्टरहरुको टोली गएको थियो । परीक्षणका क्रममा धेरैमा छालाको समस्या देखिएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले बताए ।

माया घरमा आश्रीतहरुलाई नोबेलले एक बर्षसम्म निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गरी सम्झौतासमेत भएको छ । असहायहरुको उपचारका लागि नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा सकारात्मक बनेपछि एक बर्षसम्मका लागि अस्पतालले माया घरका आश्रीतहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गरी सम्झौता गरेको हो । सोही बमोजिम उनीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ