काठमाडौं । नेपाल विद्यार्थी संघको विधिवत महाधिवेशनको माग गर्दै अनसन बसेका विद्यार्थी नेताद्वय गणेश सापकोटा र रत्नहरि ढुङ्गेलले अनसन तोडेका छन् ।
वुधबार काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा पार्टी सभापति शेरबहादुर देउवाले जुस खुवाएर अनसन तोडाएको विद्यार्थी नेता युवराज पाण्डेले जानकारी दिए ।
अघिल्लो शनिबारदेखि आमरण अनसनमा बसेका उनीहरू विवादित ११ जिल्लाको अधिवेशन ३ महिनाभित्र गर्ने लगायत विषयमा सहमति भएपछि अनसन तोड्न राजी भएका हुन् । उनलाई अपरान्ह पौने ५ तिर सभापति देउवाले ओम अस्पतालमा पुगेर जुस खुवाएका थिए ।
वुधबार विहान नै यो अधिवेशन केन्द्रीय सदस्यको रोहवरमा पार्टीको समन्वयमा गर्ने, अहिले जिल्ला सभापति नतोकेर प्रतिनिधिमात्र चयन गर्ने लगायतका विषयमा सहमती भएको थियो ।