arrow

यसरी तोडाइयो विद्यार्थी नेताको अनसन

logo
प्रकाशित २०७३ साउन २६ बुधबार
ansan-karihari-NSU.jpg.jpeg
काठमाडाैँ । महाधिवेशन गर्न गठित केन्द्रीय निर्देशन समितिले पाँचबुँदे लिखित प्रतिवद्धता पत्र जारी गरेपछि दुई साता देखि अनसनरत विद्यार्थी नेताले अनसन तोडे । उनीहरुको अनसन तोडाउन पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलालगायतका नेताहरु वुधबार साँझ ओम हस्पिटल पुगे । अनसनकारीलाई जुस खुवाउनु अघि पाँच बुदे पढेर सुनाइएको थियो । 
 
स्वास्थ्य अवस्था जटिल भएपछि चावहिलस्थित ओम हस्पिटल लगिएका गणेश सापकोटा र रत्नहरि ढुंगेलले पार्टी नेतृत्वले लिखित प्रतिवद्धता नजनाएसम्म अनसन नतोड्ने बताउँदै आएका थिए । यसअघि, मंगलबार राति उनीहरुको माग सम्बोधन गर्न नीतिगत सहमति भएको थियो । यद्यपि, उनीहरुले प्राविधिक रुपमै विवाद सुल्झाउनु पर्ने अडान राख्दै आए । 
 
निर्देशन समिति संयोजक प्रकाशशरण महतले जारी गरेको पाँच बुँदे प्रतिवद्धता पत्रमा विधिवूर्वक पूरा नभएका र अधिवेशन हुन नसकेका विवादित जिल्ला र क्षेत्रमा ३ महिना भित्र नवनिर्वाचित केन्द्रीय समितिले अधिवेशन गर्ने, प्रत्येक २ वर्ष र बढीमा २ वर्ष ३ महिनामा महाधिवेशन सम्पन हुनु पर्ने र नभए स्वतः त्यस्ता इकाईहरु र संरचनाहरु भङ्ग हुने, संगठनभित्र उत्पन्न हुने समस्याहरु विधान सम्वत् निरुपण गर्ने उल्लेख छ । 
 
यस्तै, मुख्यतः अहिले ११औं महाधिवेशनमा जिल्ला, क्षेत्र, र क्याम्पस इकाईहरुमा विवादित र विधिसम्वत अधिवेशन हुन नसकी प्रतिनिधि हुनबाट बञ्चित भएका विद्यार्थीहरुलाई सहमतिका आधारमा केन्द्रीय महाधिवेशनमा भाग लिने व्यवस्था मिलाइने र नेविसंघलाई समावेशी बनाउने व्यवस्था विधानमा सुनिश्चित भए बमोजिम कार्यान्वयन गर्ने उल्लेख छ । महाधिवेशन गराउन केन्द्रीय सदस्य प्रकाशशरण महतको संयोजकत्वमा निर्देशन समिति गठन भएको थियो । 
 
नेविसंघमा ६४ जिल्लामा विधिवत् अधिवेशन भए पनि सुर्खेत, रौतहट, भक्तपुर, सिराहा, धनुषा, रुपन्देही, पर्सा, कञ्चनपुर, मुस्ताङ, सोलुखुम्बु र कास्कीमा महाधिवेशन प्रतिनिधि छनोटमा विवाद देखिएको थियो । सोही विवादका कारण महाधिवेशन उद्घाटन भएको ४ दिन वितिसक्दा समेत बन्द सत्र सुरु हुन सकेको थिएन । अब बन्द सत्रसंगै निर्वाचनको बाटो खुलेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ