arrow

तोकिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री देउवा

logo
विवेक मिश्र, 
प्रकाशित २०७८ चैत ७ सोमबार
276176110_4867266866726486_6726718809035737599_n.jpg

मोरङ । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुने बताएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास कार्यक्रममा प्रधानमन्त्री देउवाले निर्वाचन आयोग कटिबद्ध भएर निर्वाचनको तयारीमा लागेको र सरकारले सबैखाले सहयोग गरिरहेको बताए ।

सरकारको निर्वाचन सार्ने कुनै मनसाय नरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै लाग्नुपर्ने बताए । प्रधानमन्त्री देउवाले सुन्दरहरैंचा नगरको नगर अस्पताल पनि उद्घाटन गरेका छन् ।

नवनिर्मित अस्पताल ३५ बेड क्षमताको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ