तोकिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री देउवा
विवेक मिश्र,
प्रकाशित २०७८ चैत ७ सोमबार
774
Shares
मोरङ । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुने बताएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास कार्यक्रममा प्रधानमन्त्री देउवाले निर्वाचन आयोग कटिबद्ध भएर निर्वाचनको तयारीमा लागेको र सरकारले सबैखाले सहयोग गरिरहेको बताए ।
सरकारको निर्वाचन सार्ने कुनै मनसाय नरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै लाग्नुपर्ने बताए । प्रधानमन्त्री देउवाले सुन्दरहरैंचा नगरको नगर अस्पताल पनि उद्घाटन गरेका छन् ।