arrow

स्थानीय तह निर्वाचनका लागि नवलपुरमा २१ दल

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ चैत ९ बुधबार
local_election_SoSYi36EtA.jpg

नवलपुर । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नवलपुरमा २१ दल ले भाग लिने भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ५ ठूला दलबाहेक १६ साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन् ।

कार्यालयका प्रमुख लालप्रसाद शर्माका अनुसार आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिनका लागि समय दिएको थियो । आयोगले तोकेको समयमा जिल्लामा रहेका १६ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन् ।

शर्माका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) ले जिल्लामा विवण बुझाउनु नपर्ने भएकाले १६ दलले चिह्नका लागि विवरण बुझाएका हुन् । उनीहरुको विवरण निर्वाचन आयोगमा पठाइएको उनले बताए ।

स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्र थप गर्न आयोगलाई आग्रह गरेको छ । विसं २०७४ मा भएको स्थानीय निर्वाचनमा जिल्लामा ११३ मतदानस्थल र २५८ मतदान केन्द्र थिए । अहिले मतदान केन्द्र थप गरी ३०१ पुर्याउन लागिएको शर्माले बताए ।

निर्वाचनको तयारीस्वरुप कार्यालयले जिल्लामा प्रमुख निर्वाचन अधिकृतको कार्यालयसँगै निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरेको छ । सदरमुकाममा प्रमुख निर्वाचन अधिकृतको कार्यालय रहने छ भने अन्य पालिकामा निर्वाचन अधिकृतको कार्यालय रहने छ ।

निर्वाचनका लागि कार्यालयले कर्मचारी माग गर्न थालेको छ । एउटा मतदान केन्द्रमा सातदेखि आठजनाको दरले कर्मचारी परिचालन गरिनेछ ।

स्थानिय तहको निर्वाचनमा भाग लिन नवलपुरमा दर्ता भएका साना दलहरु

१. राष्ट्रिय प्रजातन्त्र पार्टी
२.राष्ट्रिय जनमुक्ति पार्टी
३. मौलिक जरोकिलो पार्टी
४. मंगोल नेसनल अर्गनाईजेसन
५.नेपाली कांग्रेस बिपी
६.विवेकशिल साझा पार्टी
७.जनसमाजवादी पार्टी नेपाल
८.नेपाल परिवार दल
९.राष्ट्रिय जनमोर्चा
१०.राष्ट्रिय नागरिक पार्टी
११.नेकपा माओवादी समाजवादी
१२. राष्ट्रिय प्रजातन्त्र पाटी नेपाल
१३.नागरिक उनमुक्ति पार्टी
१४.नेपालका लागी नेपाली पार्टी
१५.नेकपा समाजवादी पार्टी
१६.सामाजिक एकता पार्टी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ