arrow

माधव नेपालको झोंक काँग्रेसमाथि, भन्छन् –काँग्रेसले राष्ट्रिय सरकार बन्न दिएन

logo
प्रकाशित २०७३ साउन २७ बिहिबार
madhav-kumar-nepal.jpg.jpeg
गौर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्तिका कारण राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेको कुरा नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन् ।  
 
रौतहट क्षेत्र नं १ मा संसदीय विकास कोषको रकमबाट निर्माण भएका विभिन्न योजनाको अनुगमनपश्चात् प्रेस चौतारी नेपालले गौर नर्सिङ क्याम्पसमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काँग्रेसलाई दोष लगाएका हुन् ।  
 
पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले विगतको सरकारमा पनि काँग्रेस सहभागी हुनुपर्दथ्यो । वर्तमान सरकारमा पनि एमाले सहभागी हुनुपर्दथ्यो । तर राष्ट्रिय सहमतिको सरकार बनाउने छलफल भइरहेको बेला एक्कासि नेकपा माओवादी केन्द्रले हतारहतार अविश्वासको प्रस्ताव ल्याएर ठूलो गल्ती गरेको बताए ।
 
जबसम्म देउवाले आफ्नो अभिव्यक्ति फिर्ता लिँदैनन् तबसम्म कुनै पनि हालतमा एमाले सरकारमा नजाने उनले बताए । सङ्क्रमणकालमा सबै सहभागी भई संविधानमा देखिएको त्रुटी हटाउनुपर्नेमा समेत उनले जोड दिए । 
 
पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री नेपालले अहिले धमाधम गाउँपालिका÷नगरपालिका र महानगरपालिका बन्ने होडबाजी नै चलेको छ, यो नितान्त गलत भएको र यसबाट जनताले सुविधा पाउनुको सट्टा समस्यामा पर्ने भएको बताउँदै यसलाई तत्काल रोकी संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।
 
अहिले स्थानीय निर्वाचन अत्यन्त जरुरी छ भन्दै नेता नेपालले यसका लागि स्थानीय, इलाका एवम् सङ्घ वा अधिकार सम्पन्न बनाउन पनि संविधान संशोधन गर्नुपर्ने र यसका लागि सबै मिली अघिबढ्नु पर्नेमा जोड दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ