arrow

गठबन्धनलाई बचाउनु अहिलेको आवश्यकता हो : प्रधानमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १० बिहिबार
deubas-tanahus.PNG

दमौली । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् ।  नेपाली कांग्रेस तनहुँले आज पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र बचाउनका लागि पनि गठबन्धन आवश्यक रहेको उल्लेख गरे । 

प्रधानमन्त्री देउवाले लोकतन्त्र र प्रजातन्त्र बचाउनका लागि गठबन्धनका दलको योगदान रहेको उल्लेख गर्दै  भने, “स्थानीय चुनावमा मात्र नभई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म नै गठबन्धनलाई लैजानुपर्छ । उनहरुलाई पनि उचित स्थान दिनुपर्छ ।” 

प्रधानमन्त्री देउवाले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीलाई जिताउन एकढिक्का भएर लाग्न आग्रह गरे । तनहुँ आदिकवि भानुभक्तको जिल्ला भएकाले यसको छुट्टै महत्व रहेको बताउँदै कांग्रेसका लागि पनि तनहुँ उर्वरभूमि रहेको उल्लेख गरे ।
    
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको आन्दोलनमा तनहुँको भूमिका सदैव उच्च रहेको उल्लेख गरे । उनले सबै निर्वाचनमा तनहुँमा कांग्रेसले जित्नुपर्ने धारणा राखे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ