arrow

प्रधानमन्त्री देउवा चैत १८ गते भारत जाने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ११ शुक्रबार
deuba-modi.jpeg
तस्बिर– फाइल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैत तेस्रो साता भारतको भ्रमण गर्ने भएका छन्  ।  चैत १८ देखि २० गतेसम्म तीन दिने भारत भ्रमणको तयारी भैरहेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । 

‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणको तयारी भैरहेको छ। सम्भवतः चैत १८ देखि २० गतेसम्म उहाँले भारत भ्रमण गर्नुहुनेछ’, स्रोतले भन्यो । भारत भ्रमणको तयारी शुरु भएपछि प्रधानमन्त्री देउवा श्रीलंकामा चैत १६ गतेबाट शुरु हुने बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन नजाने भएका छन् । 

उनले सम्मेलनलाई भर्चुअल सम्बोधन गर्नेछन् । देउवा पाँचौं पटक प्रधानमन्त्री भएपछि उनले गर्न लागेको यो पहिलो भारत भ्रमण हो । 

केहि साता अघि उनी एउटा सम्मेलनमा सहभागी हुन भारतको गुजरात जान लागेका थिए । तर कोरोना संक्रमण बढेपछि उक्त भ्रमण स्थगित गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ