arrow

मन्त्री बन्न बाँकी माओवादी नेता अझै बालुवाटार दौडमै

logo
प्रकाशित २०७३ साउन २७ बिहिबार
PM-Niews,-baluwatar.jpg.jpeg
काठमाडौं । मन्त्री बन्ने टुंगो लागिसकेका तर अन्तिम निर्णय हुन बाँकी रहेका माओवादी केन्द्रका केही नेताको बालुवाटार दौड बढेको छ । 
 
पार्टीको केन्द्रीय कार्यालय बैठकले मन्त्रीको अन्तिम निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष समेत रहेका पुष्पकमल दाहाललाई नै दिएपछि नेताहरुले बालुवाटार दौडलाई जोड दिएका हुन् । 
 
विहिबार अबको सूचना तथा संचारमन्त्री हुने लाइनमा रहेका रामकार्की दिनभर व्यस्त रहे । उनलाई सम्पर्क गर्ने हाम्राकुराको प्रयास सफल भयो तर कुराकानी हुन सकेन । कारण कार्की व्यस्त थिए । साँझ कार्की टेलिफोन घरमै छोडेर बालुवाटार पुगेको जानकारी आयो । 
 
माओवादी केन्द्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्धको जानकारी राख्ने कार्कीसंग  द्विपक्षीय सम्बन्धकै बारेमा हामीले कुरा गर्न खोजेका थियौं । कुरा हुन सकेन । उनका सहयोगिले भने, ‘उहाँ हिडिरहनु हुन्छ, बालुवाटार विशेष छलफलकै लागि जानु भएको हो ।’ अझै मन्त्री पक्का भइसकेको छैन कि कसो ? जवाफमा सहयोगिले हाँस्दै भने, ‘मन्त्री हुने कुरा त भइसकेको छ । विषय सन्दर्भ विशेष केही थियो होला ।’ म उहाँलाई तपाईको सूचना पुर्‍याई दिउँला । 
 
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दाहाललाई मन्त्रिपरिषद्ले छिटो पूर्णता नपाएकामा निकै चिन्ता छ । यस्तै, पार्टीको आन्तरिक समस्या समाधानमा समेत दाहालाई सकस भएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ