arrow

एमाले उपाध्यक्ष नेम्वाङले प्रधानमन्त्री देउवालाई दिए भारत भ्रमणको शुभकामना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १७ बिहिबार
Subash-chandra-negmang.png

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवाको भोलिबाट हुने भारत भ्रमणको सफलताको शुभकामना दिएका छन् । रिपोर्टस् क्लबको कार्यक्रममा पुगेका उपाध्यक्ष नेम्वाङले प्रधानमन्त्री देउवा त्यही शुभकामना दिएका हुन् । 

उनले भने,‘प्रधानमन्त्रीको भारत भ्रमण हुँदै छ, उहाँको उपस्थितिमा उहाँलाई शुभयात्रा भनौँ । शुभकामना भनौँ भनेर पनि म आएको हुँ । उहाँको भारत भ्रमणको सफलताको कामना गर्दछु ।’

आगामी निर्वाचनमा गठबन्धन गर्दा संसदीय मूल्य र मान्यतालाई ध्यान दिनुपर्ने धारणा राखेका छन् । उनले भने,‘हाम्रो संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको छ । यो निर्वाचन प्रणालीमा अपवादमा बहुमत आउँछ । आखिरमा गठबन्धन त गर्नै पर्छ। तर, त्यो मूल्य र मान्यताको आधामा हुनुपर्छ । गठबन्धनको ढङ्ग पुगेन भने सम्बन्धित मित्रहरूले दुःख पाउनुहुन्छ।’

उनले आगामी वैशाख ३० गते निर्वाचन स्थानीय तहको निर्वाचन रहेको र दलहरू जनतासामु पुग्ने दिन आएको सुनाए । उनले भने,‘निर्वाचनको क्रममा जनताको बीचमा पुग्नु छ। जताको बीचमा हिसाबकिताब बुझाउनुपर्नेछ । त्यो दिन आउँदै छ। निरन्तर सङ्घर्ष गरेर संविधान बनाएका छौं । त्यो कार्यान्वयनको लागि निरन्तर अघि बढ्ने प्रयास गर्नुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ