arrow

निधी र महत बोलाइएको कार्यक्रममा जीतजंग, देउवा पक्षका प्रदेश नम्वर २को साथ जीतजंगलाई

logo
प्रकाशित २०७३ साउन २८ शुक्रबार
nidhi-jitjung-nsu.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको बन्दसत्र र चुनावको समय नजिकिदै गर्दा नेपाली काँग्रेसका नेताहरु गुटगत रुपमा देखिन थालेका छन्। आफ्ना समुहका नेताहरुलाई भातृ संस्थामा जिताउन उनीहरुले अभियान नै छेडेका छन्। यतिखेर काठमाडौंमा पार्टी सभापति शेर बहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौला समुह नजिक भएका नेताहरुको विभिन्न भेलाहरु भएका छन्।
 
आफ्ना समुहमा अध्यक्षका एक मात्र उमेद्वार भएका कारण अरु समुहभन्दा सहज रुपमा सिटौला समुहले आफ्नो समुह नजिकका विद्यार्थी नेताहरुलाई शुभकामना दिएको छ। साथै समुहका विद्यार्थी उमेद्वारहरुलाई जिताउन रणनीति बनाउन सिटौला सहित गगन थापा उमाकान्त चौधरी सहितका नेताहरु लागिपरेका छन्। 
 
 
रामचन्द्र समुहभित्र मनोजमणी आचार्य लगभग उमदे्वार तय भएपनि बाँकी आकाँक्षीहरुलाई मिलाउन त्यहाँ पनि हम्मे परेको छ। अध्यक्षमा मिलाउँदा महामन्त्रीका आकाँक्षीहरु फालिने र उनीहरुको व्यवस्थापन पनि पौडेल समुहमा टाउको दुखाइ भएको छ। 
 
देउवा समुहमा पनि उमेद्वार धेरै छन्। अध्यक्षमा खासगरि जीतजंग बस्नेत र नैनसिंह महरबीच कडा प्रतिष्पर्धा छ। दुबै नेताहरु आआफ्ना भेला गर्न लागिपरेका छन्। अहिले बस्नेतका पक्षमा देउवा समुहभित्र समर्थन गर्नेको लहर झै देखिएको छ। बिहिवार मात्र उपत्यकाका सांसद र देउवा पक्षका ललितपुर भक्तपुरका सभापतिले बस्नेतलाई समर्थन जनाए। भक्तपुरका दुर्लभ थापा र ललितपुरका मदन अमात्य मात्र हैन तरुण दलका अध्यक्ष एवं सासंद उदय शमशेर राणा पनि बस्नेतको कार्यक्रममा आए। 
 
शुक्रवार काँग्रेसका प्रभावशाली नेता एवं सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधी सहित पार्टीले नेविसंघ चुनाव गराउन बनाएको निर्देशन समितिका संयोजक डा प्रकाशशरण महत भएको एक कार्यक्रममा देउवा समुहका अध्यक्षका प्रत्यासी बस्नेत मात्र निम्त्याइए। प्रदेश नम्वर २को नेविसंघका महाधिवेशन प्रतिनिधीहरुको भेलामा बस्नेतले आफ्नो मन्त्वय पनि राखे। फरमुल्लाह मन्सुर, रमेश रिजाल, अजय चौरसिया, चित्रलेखा यादव सहित २ नम्वर प्रदेशका अधिकांश नेता र सांसद भएको कार्यक्रममा बस्नेत मात्र बोलाइदा सहभागिहरुले देउवा समुहको उमेद्वारको रुपमा बस्नेत भएको अनुमान लगाएका थिए। उद्यपी बस्नेत त्यहाबाट निस्केपछि अर्का प्रत्यासी नैनसिंह महर र सरोज थापा पनि त्यहाँ पुगेका थिए। उनीहरले पनि त्यहाँ मन्तव्य राखेका थिए। 
 
 
पार्टी सभापति देउवालाई नेविसंघको अध्यक्षका आकाँक्षी आफ्नै गृहजिल्ला डडेल्धुराका नैनसिंहलाई बनाउन दवाव भएपनि उनलाई देशभरिका शुभेच्छुक र सल्लाहकारहरुले आफ्नै जिल्लाका व्यक्तिलाई अध्यक्षको उमेद्वार बनाउँदा समुहभित्रै पनि सकारात्मक सञ्चार नहुने भन्दै विकल्पमा काम गर्न सुझाव दिइएपछि उनले निर्णय भने गरेका छैनन। कतिपयले देउवाका अत्यन्तै नजिकका सहयोगीहरु निधी र महत उपस्थित भएको कार्यक्रममा बस्नेतलाई बोलाउनुको अर्थ उनी देउवा समुहको उमेद्वार भएको अर्थ्याएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ