एजेन्सी । रजनीकान्तले चलचित्र 'रुस्तम' को लागि अक्षय कुमारलाई शुभकामना दिएका छन् ।'रुस्तम' रिलीज हुनुको एक दिन अगाडि (बिहिवार) रजनीकान्तले अक्षय कुमारलाई चलचित्र सफलताको शुभकामना दिएका हुन् ।
रजनीकान्तले ट्वीटरमा लेखे , ‘‘ प्रिय अक्षय, म तपाईको आगामि चलचित्र 'रुस्तम' को सफलताको कामना गर्छु ।’’ अक्षयले ट्विटको प्रतिउत्तरमा रजनिकान्तलाई धन्यवाद दिएका छन् । साथै अक्षयले चलचित्र हेर्न पनि अनुरोध गरेका छन् । चलचित्र 'रुस्तम' को सफलताको लागि सलमान खान, रणवीर सिंह र सोनम कपूर ले पहिले शुभकामना दिइसकेका छन् । चलचित्र आज (शुक्रबार) रिलिज भएको छ ।